बलेखाका ५ घर परिवारलाई सुरक्षित स्थानमा सारियो (अपडेट)
२०८१ साउन ३२ गते

काठमाडौं । सोलुखुम्बुको थामेमा आएको बाढी पीडितहरूको प्रहरीले उद्धार थालेको छ ।
प्रहरीले दुधकोशी गाउँपालिका ६ बोदेबहर बलेखाका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ ।
बलेखामा रहेका ५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरे मकालुखबरलाई जानकारी दिए ।
बाढीबाट हालसम्म ७ घर, ५ होटेल र एक विद्यालय, एक क्लिकमा पूर्ण क्षति भएको छ भने थप ७ वटा घर जोखिममा रहेका छन् ।
एक जना बेपत्ता रहेका छन् ।
२०८१ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








