सोलुखुम्बु बाढीमा १ जना बेपत्ता, ७ घर, ५ होटेल र विद्यालयमा पूर्ण क्षति
२०८१ साउन ३२ गते

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेमा आएको बाढीमा १ जना बेपत्ता भएका छन् ।
सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले मकालुखबरलाई दिएको जानकारी अनुसार हालसम्म ७ घर, ५ होटेल र एक विद्यालय, एक क्लिनिकमा पूर्ण क्षति भएको छ ।
थप ७ वटा घर जोखिममा रहेका उनले जानकारी दिए । हाल पानीको बहाव घट्दै गएको भए पनि माथिल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको डिएसपी घिमिरेले बताए । उनले तल्लो तटीय क्षेत्रमा कटान नगरेकाले कुनै क्षति नभएको जानकारी दिए ।
‘माथिल्लो तटीय क्षेत्र जोखिममा छ, विद्यालय, होटेल, घर र सडकमा क्षति भएको छ,’ उनले मकालुखबरसंग भने,’उद्धारको काम भइरहेको छ ।’
अहिले इलाका प्रहरी कार्यालय थाम्बुचे र नाम्चेसहित अन्य प्रहरी युनिटबाट खटिएका प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

२०८१ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








