अन्तरमन्त्रालयसँग सम्बन्धित विषयले विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न हुन सकेन :मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरू अन्तरमन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरूमा थुप्रै खालका समस्याहरू रहेको बताए । उनले अन्तरमन्त्रालयहरुसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरूमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको बताए ।

उनले महाकाली सिँचाइ आयोजनाका सन्दर्भमा आर्थिक वर्ष २०८१—०८२१ का लागि पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बताए । उनले ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको बताए । उनले श्रोत सुनिश्चितता गरेर अघि बढाउनेबारे छलफल भइरहेको पनि बताए । उनले आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत रहेको र आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत वित्तीय प्रगति पनि २१ प्रतिशत नै रहेको बताए ।

उनले भने ‘नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरूमा थुप्रै खालका समस्याहरू छन् । र प्रगतिको हिसाबले पनि त्यो अन्तरमन्त्रालयहरुसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरूमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको पाइन्छ । महाकाली सिँचाइ आयोजनाका सन्दर्भमा अहिले आर्थिक वर्ष २०८१—०८२१ का लागि यस महाकाली सिँचाइ आयोजनामा तेस्रो चरणलाई पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ । यसका ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको देखिन्छ । पैसाको अभाव ठिक हो, केही पैसाको अभाव रहेकै छ । यसलाई श्रोत सुनिश्चितता गरेर अघि बढाउने भन्ने कुरा छ । जग्गा प्राप्ति, वनको समस्या रहेको छ ।

वनको समस्या समाधानका लागि रुख कटान गर्न मन्त्रीस्तरीय निर्णय भइसकेको बताए । ७ हजार ४२८ वटा रुख कटान गर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *