माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफ- देश रहरमा चल्दैन

काठमाडौँ । राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उनले देश कसैको रहरमा नभई कानुन र विधि अनुसार चल्ने बताए । उनले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए ।

उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे । उनले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरू सबैको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्ने बताए । विपद्मा परेकाहरूको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

उनले भने ‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक काँग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ  ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरू जो जहाँ भएपनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ती जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस् ।’

सांसद भट्टले विपत्तिमा परेकाहरूलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *