माओवादी सांसदको आरोप– कांग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे ।

अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गरे । उनले संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिए ।

उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमँ जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताए ।

उनले भने– ‘नेपालमा अहिले करिव दुई तिहाईको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु, किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनु हुन्छ, तपाईंहरु अर्को २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने काँग्रेस एक नम्बर भएकाले काँग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशुल गर्नुस् । सबै देश कब्जा गर्नुस् । तपाईंहरुलाई थाहा छ नि, श्रीलंकाका राजापाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ ।’

सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने बताए । उनले नेपाली काँगे्रस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *