खुल्यो पृथ्वी राजमार्ग
२०८१ साउन ३० गते

चितवन । पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका-३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियोभने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।
२०८१ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








