मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका निम्ति उपयुक्त नारा प्रस्ताव गर्न आग्रह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी भदौँ २० गते मनाइने महिला तथा बालबालिका बेचबिखनविरुद्धको दिवसका लागि उपयुक्त नारा प्रस्ताव गर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी हरेक वर्ष यस दिवसका अवसरमा राष्ट्रिय नारा तय गरी तीनै तहका सरकारले भब्य र सभ्य रूपमा मनाउने भएकाले यस वर्षका लागि सान्दर्भिक नारा चार दिनभित्रमा इमेलमार्फत प्रस्तावित गर्न आग्रह गरेको हो ।

सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२ लाई तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोदन गरेको दिन ९२०६३ भदौ २० गते० को स्मरणमा हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =