गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत
काठमाडौँ । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने गरेको छ ।
मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन् ।
प्रवक्ता गुरुङले एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाको लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताए ।
उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त भएको जानकारी दिए । उनले नेपाल पारवहान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरिएको पनि बताए ।
उनले भुटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एसियाको १२ सम्मेलनका सन्दर्भमा सहभागीका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
सरकारले भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड ञ बमोजिम संयीयत भूउपयोग परिषद्को समस्यामा चितवनका डा.रेवती रमण पौडेल , डा.यमुना घले र काठमाडौँका डा. रेश्मा श्रेष्ठ र जगतबहादुर दैजालाई मनोनयन गर्ने निर्णय गरेको छ ।
उनले भने ‘एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाको लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने
नेपाल पारवहान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने
भुटानमा मिति २०८१ साउन २९ गते देखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेन्ट बडी अफ साउथ एसियाको १२ सम्मेलनका सन्दर्भमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने
भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड ञ बमोजिम संयीयत भूउपयोग परिषद्को समस्यामा चितवनका डा।रेवती रमण पौडेल , डा।यमुना घले र काठमाडौँका डा। रेश्मा श्रेष्ठ र जगतबहादुर दैजालाई मनोनयन गर्ने
नेपाल सरकारको नाममा रहेको सिराहा जिल्ला नवराजपुर गाउँपालिका वडा नम्बर ४ को १९ कठ्ठा विगाह जग्गा इलाका प्रहरी कार्यालय झाजपट्टी सिराहालाई प्रयोग गर्न स्वीकृत दिने
नेपालीको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने
निजामती सेवाका राजपक्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्द्रविक्रम जोशी र खुमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने ।’
नेपाल सरकारको नाममा रहेको सिराहा जिल्ला नवराजपुर गाउँपालिका वडा नम्बर ४ को १९ कठ्ठा विगाह जग्गा इलाका प्रहरी कार्यालय झाजपट्टी, सिराहालाई प्रयोग गर्न स्वीकृत दिने दिएको छ । निजामती सेवाका राजपक्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्द्रविक्रम जोशी र खुमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।