१८ देशका लागि सिफारिस राजदुतबिरुद्ध उजुरी दिन समितिको आह्वान

काठमाडौं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

मङ्गलवार संसद भवन बानेश्वरमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकाबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो ।

जसमा शंकरप्रसाद शर्मा भारत, श्रीकान्त रिजाल अस्टे«लिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा.डा.कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो ।

उनीहरूको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपति समशेर जबराले बताए । सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित सार्वजनिक उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको सभापति जबराले बताए ।

‘समितिले जुन राजदूतहरूको नाम प्रस्तावित भएको छ, उनीहरूको नाम आएपछि छलफल र निर्णय गर्ने भन्ने कुरा भएको छ,’उनले भने,‘सबै कुरा मान्यज्युहरुलाई वितरण गरिएको छ । यो कुरा पूरा भएपछि पर्सि बैठक बसेर टुङ्गोमा पु¥याउनेछौँ ।’

मन्त्रीपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =