उपप्रधानमन्त्री सिंह, मन्त्री लेखक र राणासँग भारतीय विदेश सचिवको भेट (तस्बिरहरू)

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा पुगेर सचिव मिश्रले उपप्रधानमन्त्री सिंहसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबीचको सम्बन्ध, सहरी विकास निर्माणमा सहकार्य सम्बन्ध लगायत सम्बन्धमा छलफल भएको थियो । आज नै अर्थमन्त्रालयमा पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको छ । त्यस्तै सिंहदरबारमै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकसँग पनि छलफल गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =