आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न भए : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न अवस्थामा पुगेको बताएका छन् ।

आइतबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले अहिले नेपालको आदिवासी जनजाति आन्दोलन मुर्झाएको अवस्थामा पुगेको बताए । उनले आदिवासी जनजाति आन्दोलनको जोस, जाँगर हराएको देखिएको बताए । उनले यसलाई बचाउनको लागि जनजाति सङ्गठनहरूको महत्वपूर्ण भुमिका हुने बताए । आदिवासी जनजातिहरूका विभिन्न महासङ्घहरूका संस्थाहरु धेरै भएपनि महासंघ जस्तो नभएको टिप्पणी गरे ।

उनले महासंघ धेरै शक्तिशालि हुनुपर्ने भएपनि त्यस्तो नदेखिएको भन्दै महासंघहरुलाई सुधार गर्न जरुरी रहेको उल्लेख गरे । उनले आदिवासी जनजातिहरू भनेको मूलधारबाट अलग–अलग भएका समुदायहरुभएको भन्दै उनीहरु सत्ता र सत्ता राजनीति धेरै नबुझ्ने बताए । उनले आन्दोलनमा हुनेहरूमा सङ्कीर्ण र सत्तामा हुनेहरूमा अहङ्कार धेरै भएको बताए ।

उनले जनजातिहरूको राजनीति अहङ्कारको अन्त्य र मुक्ति प्राप्तिको लागि हुनुपर्नेमा जोड दिए । उनले जनजातिहरूको पहिचानको मुद्दा मुक्ति प्राप्तिको लागि भएपनि संविधानले दिएका अधिकाहरुलाई प्रयोग गर्न नसकेको बताए ।

उनले भने ‘अहिले नेपालको आदिवासी जनजाति आन्दोलन मुर्झाएको अवस्थामा छ । छिन्न भिन्न जस्तो,मुर्झाएको जस्तो, कुनै जोस, जाँगर नभएको जस्तो अवस्थामा देखिन्छ । यसलाई बचाउनको लागि जनजाति महासंघहरुको महत्वपूर्ण भुमिका हुन्छ । महासङ्घहरूका संस्थाहरु धेरै भए तर महासंघ जस्तो भएको छैन । महासंघ धेरै शक्तिशाली हुनुपर्छ । त्यसरी विकास हुन सकेको छैन । यसको विकास र सुदृढ हुन जरुरी छ । ’

उनले आदिवासी जनजाति आन्दोलन कमजोर बनाउनको लागि जात पिच्छेका आयोगहरू बनेको बताए । उनले थारुहरूलाई आदिवासी जनजातिबाट टुक्राउनको लागि थारु आयोग बनाए पनि आदिवासीका नेताहरूले अहिलेसम्म नबुझेको बताए । उनले विगतमा आदिवासी जनजातिहरूको आन्दोलन कमजोर बनाउने संयन्त्रमा यस्ता कामहरु भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *