वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम आप्रवासन नीति चाँडै ल्याउँछौं : श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन छुट्टै श्रम आप्रवासन नीति बनाउने तयारीमा रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार डा।गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार पारेको आप्रवासन नीतिको मस्यौदा बुझ्दै यस्तो बताएका हुन् । उनले समितिले तयार पारेको मस्यौदालाई आवश्यक छलफल र सुझावको आधारमा पूर्ण नीतिका रुपमा सरकारले चाँडै ल्याउने प्रतिबद्धता जनाए । उनले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनको लागि नीति र कानुनको अभाव भएको भन्दै भएका कानुनहरूलाई संशोधन गरी वर्तमान समयअनकुल बनाउने तयारीमा सरकार रहेको बताए ।

उनले श्रम क्षेत्रमा देखिएका बेथितिलाई समाधान गर्नको लागि श्रम अदालतको दायरा जिल्ला अदालतहरूमा समेत पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले अहिले सरकारले श्रम क्षेत्रका तीन कुरामा प्राथमिकता दिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्न सरकारले नीतिगत रुपमा सुधार गर्ने पक्षमा रहेको बताए । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउने गरी आप्रवासन नीतिको मस्यौदा आएको बताए ।

उनले सरकारले विदेशमा गएका नागरिकहरूलाई नेपाल फर्काएर ल्याउन के गर्न सकिन्छ रु भन्ने विषयमा पनि योजना बनाइरहेको बताए । विदेश जानेहरूलाई सरकारले रोक्न नसकेपनि मुलुकमा फर्काएर ल्याउने योजना बनाउन आवश्यक रहेको बताए । उनले नेपालले बजार अनुसारको माग गर्ने भन्दा पनि आफ्नो माग अनुसारको बजार बनाउन आवश्यक रहेको बताए ।

उनले भने ‘अहिले सरकारले श्रम क्षेत्रका तीन कुरामा प्राथमिकता दिएको छ । भइरहेको वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्नसक्छौ । वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउन सक्छौँ भन्ने आधारमा आप्रवासन नीतिको मस्यौदा आएको छ । सरकारले विदेशमा गएका नागरिकहरूलाई नेपाल फर्काएर ल्याउन के गर्नसक्छौं । विदेश जानेहरूलाई सरकारले रोक्न सक्दैन भने मुलुकमा फर्काएर ल्याउने योजना के हुनसक्छ । श्रमिकले विदेशमा सिकेका सिपहरूलाई मुलुकमा ल्याएर के गर्न सकिन्छ । हामीले बजार अनुसारको माग गर्ने की आफ्नो माग अनुसारको बजार बनाउने हो । मुलुकमा ठूलो उद्योगहरू खोल्न सक्ने सम्भावना छैन । भोलीको सम्भावनालाई आवश्यक पर्ने श्रमिक उत्पादन गरेर प्रोडक्ट अनुसारको बजार ल्याउन सक्छौँ ।’

उनले नेपालीले श्रमको उचित मूल्य पाउनुपर्छ भन्ने विषयमा सरकार स्पष्ट रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =