इटहरीमा काकाले गरे डेढ वर्षीया भतिजीको क्रूर हत्या

काठमाडौं । सुनसरी इटहरी उपमहानगरपालिकामा डेढ वर्षीया नाबालिकाको हत्या भएको छ । शनिबार दिउँसो उपमहानगरपालिका ५ पचरुखीमा नाबालिकाको हत्या भएको हो ।

प्रहरीकाअनुसार स्थानीय मनहरी ढकालको घरमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सालिग्राम लुइँटेलले बालिकाको गरेका हुन् । नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको विभत्स किसिमले हत्या गरेको प्रहरीको भनाई छ ।

हत्यामा प्रयोग गरिएको ब्लेडसहित सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेल केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =