नयाँ ढंगबाट जनतामा जाँदै माओवादी केन्द्र, आन्दोलनका स्वरूप परिवर्तन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेको बताए ।

उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरु प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राखेको बताए ।

उनले भने–‘अध्यक्षले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय र हाम्रो कार्यभारको बारेमा धारणा राख्नुभयो । त्यसपछि वरिष्ठ उपाध्यक्ष नारयणकाजी श्रेष्ठले राख्नुभयो । प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, उपमहासचिव जनार्दन शर्मा, गणेशमान पुन, अग्नि सापकोटाले, कुलप्रसद केसी, उपमहासचिव वर्षमान पुन, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले राख्नुभयो । अध्यक्षले आज ८ औं महाधिवेशनमा विचारको संश्लेषण गरेका थियौँ, अब अहिलेका लागि मार्ग निर्देशक सिद्धान्त त्यही नै हो । अब विगतका संश्लेषणहरुको अध्ययन गर्नुपर्छ । पछिल्लो अवस्थाको ठोस विश्लेषण गर्ने कुरामा राख्नुभयो । पार्टी सुदृढिकरण गर्नेकुरा राख्नुभयो । परिस्थिति जटिल भएको र त्यसका चुनौतिहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने र त्यसका लागि सुदृढिकरण अभियान चलाउनुपर्ने बताउनुभएको छ । आन्दोलनका स्वरुप पनि नयाँ ढंगबाट सञ्चालन गर्नेकुरामा अघि बढ्ने र सदन प्रभावकारी बनाउने र सदन र सडक जोड्ने काम गर्ने । नयाँ कार्यक्रमसहित जनतामा जानेकुरामा जोड दिएर राख्नुभएको छ ।’

परिस्थिति जटिल भएको र त्यसका चुनौतिहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *