लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि…

काठमाडौं । शनिवार दिउँसो काठमाडौंको माइतीघरमा अनौठो घटना घट्यो । शनिवार एक युवति माइतीघर मण्डलास्थित राष्ट्रिय झन्डा राखेको पोलमा चढिन् ।

पोलमा चढ्ने युवति जुम्लाकी सहारा शाही हुन् । उनले दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि आत्महत्या गर्न पोलमा चढेकी थिइन् ।

उनी ३५ दिनदेखि माइतीघर मण्डलामा धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् ।

उनलाई प्रहरीले तत्काल उद्धार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *