सांसद झाको प्रश्न– बलात्कार मुद्दामा ६० प्रतिशत युवालाई थुनेर देशको विकास हुन्छ ?
मकालु खबर
२०८१ साउन २५ गते
काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले जबरजस्ती करणी सम्बन्धी कानूनलाई तत्काल संशोधन गर्नुपर्ने माग गरेकी छन् ।
शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले ६० प्रतिशत युवाहरु सोही मुद्दाका कारण थुनामा रहेका भन्दै ६० प्रतिशत जनशक्तिलाई थुनेर देशको विकास र समृद्धि हुन नसक्ने बताइन् ।
‘जर्बजस्ती करणी सम्बन्धी कानूनलाई तत्काल संशोधन गर्नुपर्छ । जसको कारणले ६० प्रतिशत युवाहरु थुनामा छन्,’उनले भनिन, ‘देशको ६० प्रतिशत जनशक्तिलाई थुनेर देशको विकास, समृद्धिको कुरा गर्छौ । जबरजस्ती करणीको कानुनमा तत्काल संशोधनमा जानुपर्छ ।’
अन्य सांसदहरुले पनि जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मकालु खबर
२०८१ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित