एमाले सांसद प्रतिक्षा भन्छिन्– मन मिल्दा चमत्कार नै चमत्कार नमिल्दा बलात्कार !
मकालु खबर
२०८१ साउन २५ गते
काठमाडौं । सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले प्रतिशोधपूर्ण रुपमा व्यक्तिलाई फसाउन जबरजस्ती करणीको मुद्दा लगाइने गरिएको भन्दै तत्काल संशोधन गर्नुपर्ने बताए ।
बैठकमा बोल्दै नेकपा एमालेकी सांसद प्रतिक्षा तिवारीले जबरजस्ती करणीको मुद्दालाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताइन् ।
उनले मन मिल्दाखेरि चमत्कार नै चमत्कार हुने र मन नमिल्दा बलात्कार हुने गरेको बताइन् ।
‘जबरजस्ती करणीका मुद्दाहरूलाई हेर्ने तरिका फरक हुनुपर्छ,’ उनले भनिन्,‘उखान नै छ, मिल्दाखेरि चमत्कार नै चमत्कार हुने । कुरो नमिले पछि बलात्कार भनेर जान्छ ।’
मकालु खबर
२०८१ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित