सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भासिएपछि मेयर बालेन शाहले खोलामाथि घर र बाटो बनाउन नहुने बताएका छन ।

गएराती टुकुचामाथि बनाइएको सडक भासिएको थियो । उनले खोला मिचेर घर र सडक बनाइएको बताए । बालेनले खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

मेयर बालेनले केही समयअघि खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताउँदै त्यसमा अदालतका कारण रोकिनु परेको लेखेका छन् ।

अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको उनले बताएका छन ।

उनले सरकारले चाँडो भन्दा चाँडो लगत कट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताए । यस पश्चात् खोला खोल्ने काम महानगरले अगाडि बढाउने मेयर बालेनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *