विद्युत प्राधिकरणका सञ्चालकद्वय आचार्य र पुनलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
२०८१ साउन २४ गते

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई जिम्मेवारीबाट नहटाउन आदेश दिएको छ ।
बिहीबार न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उनीहरूलाई नहटाउन आदेश दिँलै हटाउनुको कारण पनि मागेको छ ।
साउन १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेकपा (एकीकृत समाजवादी) कोटामा नियुक्त आचार्य र नेकपा (माओवादी केन्द्र) कोटामा नियुक्त पुनलाई पदबाट हटाएका थिए ।
उनीहरूलाई हटाएर सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त भएका थिए।
आचार्य र पुनले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता असुल गर्नुपर्ने कुरा उठाएका कारण सरकारले पदबाट हटाएको भन्दै पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
२०८१ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








