कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ ।

बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो । बिहीबारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको बताए ।

उनले भने ‘हिजो ११ वटा एजेण्डा छलफलका लागि केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएको थियो । तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोल्नुभयो । केन्द्रीय समितिका साथीहरूले पनि बोल्न थाल्नुभएको छ । भोलि र पर्सि पनि यो बैठकले निरन्तरता पाउँछ । २८ गतेसम्म बैठक टुंग्याउने गरी छलफल अघि बढेको छ । जुन संरचनाको जिम्मेवारीमा साथीहरू हुनुहुन्छ, त्यसको बारेमा बोल्नु स्वाभाविक नै भयो ।’

प्रवक्ता महतले प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *