भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौँ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताएका छन् ।

बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धीको छलफल जीवन्त, सान्दर्भिक, विषयवस्तु केन्द्रित र महत्वपूर्ण रहेको बताए ।

उनले सरकार सो सम्बन्धी विधेयकमा गम्भीर रहेको बताए । अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शून्य सहनशीलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने बताए ।

उनले भने ‘अर्जेन्सी कति छ भन्ने प्रश्न गर्नुभएको छ, यो विषयको अर्जेन्सी छ । सरकार चाँडो भन्दा चाँडो यो विधेयक पारित गर्न चाहन्छ । त्यसका लागि सरकारका तर्फबाट म सम्मानित समितिलाई चाँडो निष्कर्षमा पुगिदिन आग्रह गर्दछु । विषयको महत्त्व र प्राथमिकताका बारेमा दुई दिन पहिला स्वयं प्रधानमन्त्रीज्युले यो सन्दर्भमा समितिमा उपस्थित हुनुभएको छ । अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शून्य सहनशीलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने समेतका विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले व्यापक धारणा राखिसक्नुभएको छ । म समितिले बोलाउँदा सबैकाम छोडेर हाजिर हुनेछु, यो मेरो प्रतिबद्धता छ ।’

गृहमन्त्री लेखकले समितिले बोलाउँदा सबैकाम छोडेर आफू उपस्थित हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =