बंगलादेशको राजनीतिक घटनाक्रम नजिकबाट नियालिरहेका छौँ : सरकार

काठमाडौं । नेपाल सरकारले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत बंगलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बंगलादेश सबै तनावबाट शान्त र संयमताका साथै लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बंगलादेशी नागरिक संक्रमणको सुनिश्चित गरी सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =