परराष्ट्रमन्त्री आर्जुको ब्रिफिङपछि बंगलादेश घटना बारे कांग्रेसमा गम्भीर छलफल

सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले बंगलादेशमा भएको घटना बारे कांग्रेसले आफ्नो धारणा बनाउन पर्ने बताएका छन्।

बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा भएको घटनाको ब्रिफिङ गरेकी थिइन्। उनले बंगलादेशमा नेपाली विद्यार्थीको अवस्था नेपाल आएका र आउने तरखरमा रहेका विद्यार्थीका बारेमा पनि जानकारी गराएकी थिइन्।

विद्यार्थीको उद्धारका लागि नेपाल एयरलाइन्स तयारी अवस्थामा राखिएको उनको भनाई छ।

कांग्रेसले त्यहाँ लोकतान्त्रिक प्रक्रिया चाँडै सुरु हुने विश्वास लिएको छ।

बैठकमा नेताहरू विमलेन्द्र निधि, विजय गच्छदार, अर्जुननरसिंह केसी, शंकर भण्डारीले बंगलादेशमा भएको घटनाबारे पार्टीको धारणा तत्काल आउनुपर्ने बताएका थए।

बैठकमा सहभागी केन्द्रीय सदस्यका अनुसार उनीहरूले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले बंगलादेशमा लोकतन्त्र खतरा पर्न लागेको हो कि होइन यसबारे कांग्रेसले धारणा बनाउनुपर्ने बताएका थिए।

भण्डारीले बंगलादेशमा हिन्दुहरूमाथि मुस्लिम कट्टरवादीहरूले अन्याय गरेको बताएका थिए।
‘बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावनाबमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ । यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ’, कांग्रेसले भनेको छ।

बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री शेख हसिना वाजेद राजीनामा दिएर भाग्नुपर्ने अवस्था छ । हसिना भागेर अहिले भारतको शरणमा छिन् । त्यहाँ अहिले अन्तरिम सरकार बन्ने चरणमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *