बाँदर नियन्त्रणका उपायहरू अध्ययन गरी एक महिनाभित्र समितिमा पेस गर्न निर्देशन

काठमाडौँ । बाँदर नियन्त्रणको लागि अल्पकाल र दीर्घकालीन उपायहरूका विषयमा अध्ययन गरी समस्या समाधानहरूका उपायहरू एक महिनाभित्र समितिमा पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । सहसचिव शिवदत्त बरालले बाँदरको कारणले गर्दा मुख्य गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने कृषकहरू आक्रान्त भएको बताए । बाँदर नियन्त्रण गरी किसानलाई कसरी राहत दिन सकिन्छ भन्नेबारे अल्पकाल र दीर्घकालमा गर्नुपर्ने विषयमा आवश्यक अध्ययन गरी समस्या समाधानमा रहेका जटिलताहरूलाई एक महिनाभित्र समितिमा पेस गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए ।

उनले वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी किसानको खेतीबाली नष्ट गर्ने र मानिसहरूलाई आक्रमण गरी ज्यान लिने र घाइते बनाउने गरेकाले यसको आवश्यक नियन्त्रण गरी जङ्गली जनावरलाई मानव बस्तीमा प्रवेश गर्ने कार्यको नियन्त्रण गर्ने आवश्यक सुरक्षा सतर्कता अपनाउने र आवश्यक स्थानमा विद्युतीय तारबार र घेरा लगाई क्षतिको न्यूनीकरण गर्ने कार्य गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि बताए ।

उनले जङगली जनावर बाँदर,बँदेल ,दुम्सी र नीलगाई लगायत किसानहरूको क्षतिबाली नष्ट गरेकोमा यसको उचित मूल्याङ्कन गरी सहज रुपमा क्षतिपूर्तिको उपलब्ध गराउने व्यवस्था अवलम्बन गर्न कृषि तथा पशुपंक्ष र वन तथा वातावरण मन्त्रालयले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए । उनले बाघको गणना गरी वासस्थानको अध्ययन गरी दीर्घकालीन निर्णय लिएर बाघ नियन्त्रणमा आवश्यक पहल गर्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =