मुग्लिङ नजिकै सुख्खा पहिरो, मुग्लिङ-काठमाडाैं यातायात अवरूद्ध
२०८१ साउन २३ गते

मुग्लिङ । चितवनको मुग्लिङबाट कुरिनटार तर्फ नाग्दी खोला नजिको सुख्खा पहिरो जाँदा काठमाडाैं जाने र काठमाडाैंबाट आउने सडक अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा सुख्खा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार पहिरोका कारणा दुईतर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
मुग्लिङ-नारायणगढ र मुग्लिङ-पोखराको सडक भने सामान्य रहेको जनाइएको छ ।
२०८१ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








