श्रेष्ठ र ढुङगाना सचिवमा बढुवा
मकालु खबर
२०८१ साउन २२ गते
सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले न्याय सेवाका दुई सहसचिवलाई बढुवा गर्दै पदस्थापनको पनि निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार न्याय सेवातर्फका कानुन समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिवमा बढुवा भएका हुन्।
साउन १५ गते दुई सहसचिवलाई सचिवमा बढुवा गर्न न्याय सेवा आयोगले सिफारिस गरेको थियो। मा सिफारिस भएका थिए।
ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा र श्रेष्ठलाई कानुन सेवा आयोगमा पदस्थापन गरिएको छ।
मकालु खबर
२०८१ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित