वडाध्यक्ष नै रोजगारीका लागि विदेश पलायन

काठमाडौं । नेपालमा बेरोजगार समस्या बढ्दै गएको छ । बेरोजगारको समस्या विकराल बन्दै जाँदा शिक्षित युवा, विभिन्न व्यवसायमा संलग्न व्यक्ति, प्रहरी कर्मचारी र जनप्रतिनिधिहरू रोजगारीका लागि विदेश पलायन हुन थालेका छन् ।

जसमा थपिएका छन्, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ । वडाध्यक्ष गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन् । २०७९ सालमा नेकपा एमालेबाट निर्वाचित गुरुङ रोजगारीका लागि बेलायत गएका हुन् ।

४० लाख ऋण भएकाले ऋण तिर्न नसकेपछि उनी रोजगारीका लागि विदेश गएका हुन् । वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =