राइटपाथको ब्राण्ड एम्बेस्डरमा पूर्व मिस नेपाल अस्मि श्रेष्ठको निरन्तरता

शैक्षिक परामर्श प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल अस्मि श्रेष्ठलाई नै निरन्तरता दिएको छ।

काठमाडौँको पुतलीसडक प्रधान कार्यालय रहेको राइटपाथले सोमबार नक्सालस्थित हिल्टन होटेलमा आयोजित एक समारोहबिच श्रेष्ठसँग थप एक वर्षको सम्झौता गरेको हो।

राइटपाथका संस्थापक तथा सिइओ फिलिप डिसी र एम्बेस्डर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै थप एक वर्ष श्रेष्ठ संस्थाको सद्भावना दूत बनेकी हुन्।

यस अघि दुई वर्षको सम्झौता सहित ब्रान्ड एम्बेसडर बनेकी श्रेष्ठको सम्झौता अवधि सकिएसँगै राइटपाथले उनलाई नै निरन्तरता दिने ले पुनः नवीकरण गरिएको हो। मिस नेपाल २०१६ श्रेष्ठ हाल विभिन्न सामाजिक काममा समेत सक्रिय छिन्।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई सहित पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सोही कार्यक्रममा संस्थाले आफ्नो प्रोमोसनको भिडियो (टिभिसि) प्रदर्शन समेत गरेको थियो।

भिडियोमा नेपाली समाजको मनोविज्ञान र सामाजिक अवस्थाको चित्रण गरिएको छ।

नेपाली मध्यम वर्गीय परिवारका सदस्यले गर्नुपरेको सङ्घर्ष, त्यसले दिलाएको सफलता भिडियोमा समेटिएको छ।

थप एक वर्षको सम्झौता पत्रमा हस्ताक्षर गर्दै पूर्व मिस नेपाल श्रेष्ठले आफू राइटपाथको परिवार बनिसकेको बताइन्।

राइटपाथको नेतृत्वसहित सिङ्गो परिवार उर्जाशील र दक्ष रहेको उनको भनाई थियो। मिस नेपाल बनेदेखि पाएको माया आजसम्म जारी रहेको भन्दै उनले आभार प्रकट गरिन्।

राइटपाथले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई स्तरीय परामर्श दिने र अध्ययन पुरा गरिसकेपछि देश फर्कन प्रोत्साहन गर्दै आएको छ।

राइटपाथका सिइओ डिसीले अस्मि श्रेष्ठसँगको सहकार्य विगतका वर्षहरूमा अत्यन्तै फलदायी भएकाले संस्थाले उनीसँग थप सहकार्य गर्न चाहेको बताए।

सामाजिक रूपमा स्थापित व्यक्तिहरूसँग सहकार्य गर्दै राइटपाथले समाजका लागि शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको डिसीले बताए।

‘गुणस्तरीय शिक्षाका लागि स्तरीय परामर्श’ भन्ने राइटपाथको नारा श्रेष्ठसँगको सहकार्यले थप सार्थक भएको उनको दाबी थियो।

इक्यानका अध्यक्ष भट्टराईले यस क्षेत्रमा राइटपाथले उत्कृष्ट काम गरेको बताए।

इक्यानको सदस्य समेत रहेको राइटपाथले निर्माण गरेको म्युजिक भिडियोको प्रसङ्ग जोड्दै उनले परामर्श व्यवसायी भएर भिडियोमा जस्तो तपाईँ विदेश नजानुस्, यहीँ बस्नुस् भन्नका लागि हिम्मत चाहिने उनले बताए।

इक्यानले पनि शिक्षाको अवसर देशमै खोज, विदेश जानै परे बुझेर मात्रै जाऊ र अध्ययन पुरा गरी नेपाल फर्क भन्ने उनले बताए।

परामर्श व्यवसायीले खेलेको भूमिकाको राज्यले कदर गर्नुपर्ने बताएका भट्टराईले ब्रान्ड एम्बेसडर बनेकी श्रेष्ठ र राइटपाथ दुवैलाई बधाई दिँदै आगामी दिनमा थप सफलताका लागि शुभकामना दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *