कर्णाली विकट होइन, विराट छ : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली पहिला विकट भएपनि अहिले विराट रहेको बताए ।
उनले कर्णाली सभ्याता, श्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको बताए ।
‘जहाँसम्म कर्णालीको कुरा छ, कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदैछ । कर्णाली सभ्याता, श्रोत, साधन, मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली छ,’उनले भने,‘कर्णालीको श्रोत साधनको उपयोग गरेर १५ वर्ष भित्र हामी सिंगो मुलुकलाई कर्णालीको विराट श्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदैछौँ । कर्णाली कुनै बेला विकट थियो, अब विराट छ ।’
उनले कर्णालीको श्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताए । उनले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पु¥याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
उनले कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको बताए ।
अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताइन् । उनले धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको बताइन् ।
कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने बताइन् । उनले कर्णालीको सुन्दरतालाई अहिलेसम्म पनि देखाउन र ल्याउन नसकिएको बताइन् ।
कर्णालीको बारेमा नयाँ पुस्तालाई बुझाउन र चिनाउन सक्नुपर्ने बताइन् ।








