सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस
मकालु खबर
२०८१ साउन २० गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जनाको हस्ताक्षर गरेको पत्र उनले प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका छन् ।
प्रदेश प्रमुख मियाँले आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए । सोही अनुरूप उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
शाहलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।
मकालु खबर
२०८१ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित