थापाथलीमा ट्यांकरले हान्दा बाइकमा सवार सरस्वतीको मृत्यु, चालक गम्भीर

काठमाडौं । काठमाडौं महानगरपालिका-११ थापाथलीमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३-००१क २५१९ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् ।

ठक्कर दिने ट्याङ्कर चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =