सिनामंगलको गेस्ट हाउसमा एक जोडी मृत फेला
२०८१ साउन १८ गते

सांकेतिक तस्वीर
काठमाडौं । काठमाडौंको सिनामंगल स्थित एक गेस्ट हाउसमा एक युवा र युवति मृत भेटिएका छन् ।
बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी २० वर्षीया करिष्मा सार्की मृत भेटिएका हुन् ।
उनीहरु तीन दिन अघि सिनामंगलको झर्ना गेस्ट हाउसमा बस्न गएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज दिउँसोसम्म पनि खाना खान नआएपछि शङ्का लागेर होटेलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाए लगत्तै प्रहरीले ढोका खोलेर हेर्दा दुवै जना मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको एसपी अधिकारीले जानकारी दिए ।
२०८१ साउन १८ गते
प्रतिक्रिया








