सोमबारलाई सारियो प्रतिनिधि सभा बैठक
२०८१ साउन १८ गते

काठमाडौं । प्रतिनिधि सभाको बैठक सरेको छ ।
२० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएकाले सोमबारलाई बैठक सारिएको हो ।
आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ ।
सङ्घीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्ति जारी गरेर बैठक सारिएको जानकारी गराएका छन् ।

२०८१ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








