कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, देउवाले पठाए चार मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

चार मन्त्री सहित सरकारमा जान लागेको कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।

केन्द्रीय सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि कांग्रेसले चार मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाएको छ ।

काँग्रेसबाट राजीवविक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, सुरेश अधिकारी पर्यटन, वन तथा वातावरण मन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बन्दै छन् । आजै मन्त्रीहरूको शपथको तयारी गरिएको छ ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि कर्णाली प्रदेश सरकारमा कांग्रेसको इन्ट्री भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =