एमाले अछामको इन्चार्जमा झपट बोहराको पुनरागमन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट बोहरा एमाले अछामको इन्चार्जमा फर्किएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकले बोहरालाई अछाम इन्चार्जको जिम्मेवारी दिएको हो । बोहरा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् ।

यसअघि अछाम इन्चार्जमा बाजुराका लाल बहादुर थापा थिए । उनलाई बाजुराको इन्चार्ज तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =