म लक्ष्मण हूँ, रवि रावण बनेर मलाई विभीषणको आरोप लगाए : मुकुल ढकाल

काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन् । रास्वपा महामन्त्रीबाट अटाइएका उनले सभापति छामिछाने प्रचण्ड, ओली र देउवासँग प्रधानमन्त्रीका लागी बार्गेनिङ गरेको आरोप लगाएका हुन् ।

आफू कांग्रेस एमाले माओवादीबाट परिचालित भएको भन्ने आरोपमा सत्यता नभएका उनको तर्क छ । ‘प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागी भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै काङ्ग्रेस(एमाले(माओवादीबाट परिचालित भनेर आरोप चैँ ममाथि लगाएका छन्,’ ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अझ केही झुन्डहरू परिचालित गरेर मलाई आफैँले स्थापना गरेको पार्टीविरुद्ध परिचालित भयो भन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन् ।’

पार्टीको आन्तरिक जीवनमा संघर्ष उद्घोष गर्ने बित्तिकै आफूलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढंगले छापामार शैलीमा निष्कासन गरेको उनको आरोप छ । ‘मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागी पुगेको छु,’ उनले अगाडि भनेका छन्, ‘म लक्ष्मण बनेर आफ्नो कर्तव्य पुरा गरिरहेको थिए, तर उनी आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =