नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ
२०८१ साउन १७ गते

काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले नेपालको संविधानको धारा १३७ बमोजिम शपथ लिएका हुन् ।
देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार तीन जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








