पाइलट शाक्यको उपचार सफल भएपछि डा.सुनिल शर्माले भने– पूर्वजन्ममा पुण्य गरेको फल अहिले प्राप्त भयो

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले सौर्य सौर्य एयरलाइन्स जहाजका पाइलट मनीषरत्न शाक्यले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताएका छन् ।

पाइलट शाक्यको उपचार सफल भएपछि डा.शर्माले यस्तो बताएका हुन् ।

‘पुर्खाहरूले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ,’उनले भने,‘किनभने सबै मर्ने उहाँ बाँच्न सक्ने भन्ने हुँदैन ।’

उनले काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्ने कुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताए ।

उनले अस्पताल र चिकित्सकहरूको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको बताए ।

‘उपचार गरेर उहाँलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु,’उनले भने,‘काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम छ, भन्ने कुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =