कञ्चनपुरमा बाघको आक्रमणबाट २३ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरादेवी शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान घर नजिकै धान खेतमा घाँस काटिरहेका बेला शाहमाथि बाघले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार उनको शव नजिकै उखुबारीमा भेटिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =