बढ्ने भयो वरिष्ठ सईको तलब, सर्वोच्चले जारी गर्‍यो परमादेश

काठमाडौं । नेपाल प्रहरीका नायब निरीक्षक (सई) कोभन्दा कम तलब पाएका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

बुधवार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरूको तर्फबाट दायर भएका दुई वटा फरक फरक रिटमा वरिष्ठ सईहरूको पक्षमा आदेश जारी गरेको हो ।

विनय चन्दसहितका १४ वरिष्ठ सईले पुस १६, २०८० मा र उनीहरुले नै असार १३, २०८१ मा दायर गरेका छुट्टाछुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ ।

नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =