त्रिविको नीति तथा कार्यक्रम रोकेपछि प्रधानमन्त्री ओलीलाई सुमनाका प्रश्नै प्रश्न

काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? भन्दै प्रश्नसमेत गरेकी छन् ।

श्रेष्ठले विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तयार पारेर अपनत्व समेत लिएको दस्ताबेज भएको भन्दै नीति तथा कार्यक्रम रोकेको प्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले प्राज्ञले भन्दा राम्रो गर्न सक्छु भन्ने दम्भले नीति तथा कार्यक्रम रोकेको हो ? भन्दै प्रश्न समेत गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *