सभामुखसँग समिति सभापतिको गुनासो– लगातारको संसद बैठकले समितिका बैठक बस्न सकेनन्

संसदीय समितिका सभापतिहरूले लगातार संसद्को बैठक नराख्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।
बुधवार संसदीय समितिका सभापतिहरूसँगको छलफलमा सभामुख घिमिरेसँग सांसदहरूले लगातार संसद्को बैठक राख्दा समितिको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुग्ने समस्या आएको बताएका हुन् ।
उनीहरुले संसद्को बैठकपछि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाँदा समस्या समिति बस्न समस्या भइरहेकाले दिन बिराएर संसद र समितिको बैठक राख्न आग्रह गरेका हुन् ।
छलफलबारे जानकारी दिँदै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सभामुख घिमिरेले समितिमा विधेयकको अवस्थाका बारेमा चासो राखेको बताए ।
उनले समितिलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका बारेमा पनि छलफल भएको बताए ।
संशोधन कर्ताहरू धेरै भएका कारण समितिको हल सानो भएकाले ठाउँको व्यवस्थापन गर्न सभापतिहरूले आग्रह गरेको बताए । मन्त्रीहरूले समितिलाई प्राथमिकतामा राखेको पनि सभापतिहरूले बताएको जानकारी दिए ।
सरकारलाई केही दिनसम्म बिजनेस नहुँदा के गर्ने ? कसरी अघि बढ्ने भन्ने कुरामा पनि छलफल भएको बताए ।
समिति प्रभावकारी बनाउन सदन भएको दिन पनि बैठक बस्ने व्यवस्था गर्ने र छिटो भन्दा छिटो विधेयकहरू पारित गरी पेस गर्न सभामुख घिमिरेले निर्देशन दिएको बताए ।








