बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त
मकालु खबर
२०८१ साउन १६ गते
काठमाडौं । बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
पौडेलले बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती मगर र कर्णालीमा यज्ञराज जोशी प्रदेशको नाम नियुक्तिका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
मकालु खबर
२०८१ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित