केन्द्रिय कमिटीलाई पूर्णता दिने जिम्मा माधव, झलनाथ र घनश्यामलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको हो ।

पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य जिम्मेवारी प्रदान गरेको बताए ।

उनले कार्यदलले १८ गते बस्ने बैठकमा आफ्नो  प्रश्ताव प्रश्तुत गर्ने निर्णय भएको पनि बताए ।

उनले भने– ‘आजको केन्द्रिय कमिटीको बैठकले हाम्रो केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्नेगरी र बैठकमा प्रश्तुत गर्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । १८ गते बस्ने बैठकमा उहाँहरुले आफ्नो प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।’

असार १६ गतेदेखि काठमाडौंमा भएको महाधिवेशनले १० दिनभित्रमा पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने भनेपनि अहिलेसम्म टुंगिएको छैन । साउन १८ गते बस्ने बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =