अशोक सिग्देललाई कामु प्रधानसेनापति बनाउने सरकारको निर्णय
मकालु खबर
२०८१ साउन १६ गते
काठमाडौं । नेपाली सेनाका रथी अशोक सिग्देललाई कामु प्रधानसेनापति बनाउने सरकारले निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कामु प्रधानसेनापति तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मकालुखबरलाई जानकारी दिए ।
उनले भने– नेपाली सेनामा हाल ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथि अशोकराज सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम मिति २०८१ साउन २५ गतेदेखि लागू हुनेगरी कायममुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
मकालु खबर
२०८१ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित