नयाँ बसपार्कमा बसभित्र भेटियो युवाको शव

काठमाडौं । काठमाडौंको गंगबु नयाँ बसपार्कमा एक युवाको शव भेटिएको छ ।

दुई महिनादेखि पार्किङमा राखिएकोमा बसमा युवाको शव भेटिएको हो ।

सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव बसभित्र भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै बा २ ख २३४४ नम्बरको बस लामो समय देखि पार्किङमै छ । सोही बसमा उनको शव भेटिएको हो । उनी बसपार्क क्षेत्रमै काम गर्ने गरेको बुझिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *