पुरानो बजारको होटेलमा १३ वर्षीया बालिका बलात्कृत
२०८१ साउन १६ गते

काठमाडौं । रुकुम पश्चिममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित एक होटेलमा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभास बन गोसाईं छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
२०८१ साउन १६ गते
प्रतिक्रिया








