बल्खुमा शव भेटियो, बाढीले बगाएको हुनसक्ने अनुमान
२०८१ साउन १६ गते

काठमाडौं । काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु खोलामा प्रहरीले एक जनाको शव फेला पारेको हो ।
काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बल्खुमा एक जनाको शव भेटिएको पुष्टि गरे । उनको बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी छ ।
२०८१ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








