विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ : प्रेम सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्पत्तिको सीमांकन र विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन जरुरी भएको उल्लेख गर्दै सांसद सुवालले सो व्यवस्था भए न्यून ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्न सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘धन कुवेरहरूको धन सामाजिकीकरण गर्नुपर्दछ । नेपाल सरकारको राजश्व चालु खर्च धान्न पनि अपुग हुने भएकाले एमाले कम्युनिष्ट र समाजवादी पार्टी भए नेपालीको सम्पतीको सीमांकन र विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन जरुरी छ । यसले न्यून ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्नेछ ।’
सांसद सुवालले धनीहरूको सम्पत्ति सामाजिकीकरण गर्न पनि सरकारलाई सुझाव दिए ।