प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरियो : लुम्बिनीका निः वर्तमान प्रदेश प्रमुख शेरचन

काठमाडौँ । लुम्बिनी प्रदेशका निः वर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताएका छन् ।

मंगलवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले बिना कारण आफूलाई प्रदेश प्रमुखबाट हटाइएको बताएका हुन् । उनले प्रदेश प्रमुखलाई हटाउँदा मार्ग प्रशस्त गर्न आग्रह गर्नुपर्ने भएपनि त्यो पालना नभएको भन्दै असन्तुष्टि पोखे । उनले लुम्बिनी प्रदेश प्रमुख नेपाली काँग्रेसको भागमा परेको सुनेको भन्दै उनले आफूले कुन विधि मिचेका कारण हटाएको भन्ने नबुझेको बताए ।

उनले भने ‘प्रदेश प्रमुखलाई हटाउनु पर्दा अवस्था यस्तो आयो, मार्ग प्रशस्त गर्नुहोला भनेको भए मर्यादाको ठाउँ रहन्थ्यो । त्यो पालना भएको सुरुदेखि अहिलेसम्म म देख्दिन । छिटो हटाउनुपर्छ भनेर हटायो । अहिले आएर यो ठाउँ नेपाली काँग्रेसको ठाउँ भन्ने सुन्छु म । सरकार परिवर्तन हुँदैमा, केन्द्रमा परिवर्तन भयो । तर यहाँको परिस्थिति फरक छ । सरकार सरकारबीचमा अन्तर्विरोध भएर विभिन्न बाधा आएर बसेको परिस्थिति होइन, यहाँको प्रमुखलाई हटाउनुको कारण के । के गल्ती गरेको छ । यो प्रदेश प्रमुखले के गल्ती गरेको छ । अमर्यादित ढंगले हटाइएको छ ।’

उनले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेश सरकारले क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =